बिराटनगरमा क्यान इन्फोटेक : हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेरा मेलामा

बिराटनगरमा क्यान इन्फोटेक : हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेरा मेलामा

विराटनगरको आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टमले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरमा हिकभिजनकाे आधिकारिक बिक्रेताको रुपमा मल्टिप्लेक्सले विहिवारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ ।
कम्पनीले उत्कृष्ठ ब्राण्डकाे सिसिटिभी क्यामेरा निर्माण गर्ने हिकभिजनका नयाँ प्रडक्टहरु उपलब्ध गराएको मल्टिप्लेक्स इन्फोसिस्टमका प्रोप्राइटर जैन कुमार बोथराले जानकारी दिए । इन्फोटेकको अवसरमा विभिन्न दर्जन बढि मोडलका क्यामेराहरु कम्पनीले आकर्षक अफर सहित बिक्री समेत गरिरहेको छ ।

क्यान इन्फोटेकका अवलोकनकर्तालाई लक्षित गरेर कम्पनीले फेस आइडेन्टिफिकेसन क्यामेरा सार्वजनिक गरेको जैनले बताए । अध्यारोमा समेत फेस डिटेक्ट गर्नसक्ने अत्याधुनिक क्यामेराहरु कम्पनीले उपलब्ध गराएको हो । क्यान इन्फोटेकको अवसरमा कम्पनीले आकर्षक छुट र अफरहरु प्रदान गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्