चीनमा यस्तो : घर बेच्न अर्धनग्न माेडलको प्रयोग

<span class='c1'>चीनमा यस्तो : घर</span> <span class='c2'>बेच्न अर्धनग्न माेडलको प्रयोग</span>

दक्षिण चीनको नान्निङ शहरमा घरजग्गा व्यवसायी कम्पनीले व्यापार प्रवद्र्धनका लागि अनौठो उपाय लगाएको थियो। कम्पनीले आफ्ना फ्ल्याट्स बिकाउन अर्धनग्न मोडलहरूको सहयोग लिएको थियो।

प्रवद्र्धन कार्यक्रममा टपलस मोडललाई ज्याला दिएर प्रयोग गरेपछि कम्पनीको कामलाई अश्लील र भद्दा भनी चीनभरि आलोचना गरिएको थियो। भाइरल भएको भिडियोमा अर्धनग्न मोडलहरूको पिठ्यूँमा फ्ल्याटको पेन्टिङ गरिएको थियो।

स्थानीय मिडियाले देखाएको भिडियोमा चार जना मोडलले स्कटबाहेक केही पनि लगाएका थिएनन्। उनीहरूले अनुहारमा मखुण्डो धारण गरेका थिए भने स्तनमा पुतली र फूलको पेन्टिङ थियो। उनीहरूको ढाडमा अपार्टमेन्टको फ्लोर प्लान रंगिएको थियो। 

प्रचार शैलीको चौतर्फी आलोचना भएपछि प्रहरीले कम्पनीमा छापा मारेर थप जाँच गरिरहेको छ। अल–चाइना विमिन्स फेडरेसनले विज्ञप्ति निकालेर कम्पनीको कडा विरोध गरेको छ। ‘कम्पनीको प्रचार शैलीले सार्वजनिक व्यवस्थामा खलल पुगेको छ भने नियम–कानुनको धज्जी उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महिलालाई बजार र प्रवद्र्धनको औजार बनाउन पाइँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्