कुर्सीमा यसरी बस्दा दुख्दैन ढाड ! पढ्नुहोस !

कुर्सीमा यसरी बस्दा दुख्दैन ढाड ! पढ्नुहोस !

अफिसमा घण्टौँ कुर्सीमा बसेर काम गर्ने मानिसलाई धेरैजसो पिठ्यूँ, ढाड, घाँटी दुख्ने समस्याले सताउँछ। लामो समय कुर्सीमा एउटै पोजिसनमा बसिरहनु, गलत तरिकाले बस्नु आदिले ढाड र घाँटी दुख्ने समस्या मात्र निम्त्याउँदैनन्, उच्च रक्तचाप, पेट वरिपरि बोसो जम्ने, रगतमा चिनीको मात्रा बढ्ने समस्या पनि हुन सक्छन्।

यसरी लामो समय कुर्सीमा बसिरहनुले मुटुसम्बन्धी रोग र क्यान्सरको जोखिम बढाउन सक्छ। गलत कुर्सीमा बस्दा यस्ता समस्या  जटिल बन्न सक्छन्।

कस्तो कुर्सीमा बस्ने ? 
-सही आकारको कुर्सीको छनोट गर्नुपर्छ। काँधदेखि ढाडसम्मको भागलाई सपोर्ट गर्ने खालको कुर्सी हुनुपर्छ।
-कुर्सी ह्यान्डरेस्ट नहाटईकन टेबलभित्र जाने किसिमको हुनुपर्छ।
-कुर्सीमा बस्दा काँध र कुइनाले आराम पाएको हुनुपर्छ।
-ढाडलाई सपोर्ट गर्ने कुर्सी हुनुपर्छ।
-कुर्सीमा बस्दा खुट्टा भुइँमा सीधा हुनुपर्छ।
-कुर्सीमा बस्दा घुँडा र नितम्बबीच ९० डिग्रीको एंगल बन्नुपर्छ।
-बस्ने पोजिसन बदलिरहने

एउटै पोजिसनमा बसिरहनु स्वास्थ्यका लागि हानिकारक छ। त्यसैले बस्ने तरिका बेला–बेलामा बदलिरहनुपर्छ।
सीधा पोजिसनमा बस्नुपर्छ। कुर्सीमा बस्दा ढाड र खुट्टालाई सीधा अवस्थामा राख्नुपर्छ।
कुनै–कुनै बेला अगाडि निहुँरिएर बस्न सकिन्छ। यसमा ढाडलाई १ सय ५ र १ सय २० डिग्रीमा राखेर बस्नुपर्छ।
–पछाडि निहुँरिएर पनि बस्न सकिन्छ। ढाड र तिघ्रा ९० डिग्रीभन्दा बढी निहुँरिने गरी बस्दा ठीक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्