फेरी ३५ लाख रकमसहित हुण्डी कारोबारीमा संलग्न २ व्याक्ती पक्राउ

फेरी ३५ लाख रकमसहित हुण्डी कारोबारीमा संलग्न २ व्याक्ती पक्राउ

काठमाडौं ३० पुस । हुण्डी कारोबारमा संलग्न दुई जना ३५ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।
महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई न्युरोड र विशालबजारबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, ‘‘बा ७ च २५६९ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा स्रोत खुलाउन नसकिएको रकमसहित बस्नेत पक्राउ परे । बस्नेतसंग अनुसन्धान गर्दा हुण्डिको रकम भएको र विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेञ्जका सञ्चालक सुनिल श्रेष्ठको पनि संलग्नता देखियो ।’’ एसएसपी सिहंले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको बताए ।
यस अघि विराटनगरमा जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको थियो । प्रहरीले विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्णलाई प्ररीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्