गरिखानेको कुरा : बिराटनगरमा “रन्जना दिदि” को परिश्रम महिलाहरुको लागि प्रेरणा

गरिखानेको कुरा : बिराटनगरमा “रन्जना दिदि” को परिश्रम महिलाहरुको लागि प्रेरणा

बिराटनगर माघ ३ ,

४६ बर्षिय रन्जना कुमारी कार्की करिब ५ बर्ष देखी बिराटनगरको शनिहाटमा पसल संचालन गदै आएकी छिन । ॠण उठाएर पसल संचालनमा ल्याएकी रन्जनालाई शनिहाटमा "रन्जना दिदी" भनेर सबैले चिन्दछन् । श्रीमान बिराटनगर कै होटलमा लेखापाल , परिवारको सहयोगले नै पसल चलाइरहेको उनले बताइन ।

दुध बेच्दा बेच्दै होटेल खोलेकी रन्जना दिदीका ३ वटा छोराछोरी छन् । आफ्नो पसलको कमाईले नै सन्तानलाई पढाउन सहयोग पुगेको उनको भनाइ छ  । करिब ५ बर्ष पहिला होटेल संचालनमा ल्याएकी रन्जना दिदीको पसलमा अहिले म:म,चाउमिन, चना चिउरा, पकौडी आदि पाइन्छ ।

"मैले होटेलमा भेज मात्र राखेकी छु, ननभेज पसल जताततै छन्, भेज पसल थोरै छन्" उनि  बताउँछिन् । दिनको करिब ३ हजार कमाउने रन्जना दिदी बिहान १० देखि साँझ ७ बजेसम्म होटेल मै हुन्छिन ।

रन्जना दिदी आज धेरै महिलाहरूका लागि प्रेरणाका स्रोत बनेकी छिन  ।

प्रस्तुति : प्रेम पारख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्