१० प्रतिशत ब्याजदरमा एनआइसीको ऋणपत्र, माघ १३ देखि बिक्री

१० प्रतिशत ब्याजदरमा एनआइसीको ऋणपत्र, माघ १३ देखि बिक्री

काठमाडौं माघ ३ ,

एनआइसी  एसियाको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रको बिक्रि माघ १३ गतेदेखि बिक्रि खुला हुने भएको छ । बैंकले १० बर्षे अवधिको डिबेञ्चर जारी गर्न लागेको हो ।

यस डिबेञ्चर २०८५÷८६ सम्मको अवधिको रहेको छ । बिक्रि निष्काशन मध्ये १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी २४ लाख कित्तामा एनआइसीले विभिन्न संघसंस्थालाई बिक्रि गर्नेछ ।

यस ऋणपत्रमा न्युनतम २५ कित्तादेखि २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन बिक्रि प्रबन्धक  नेपाल एसबिआइ मर्चेन्ट बैकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।
सी आस्वाबाट पनि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ । आवेदन माघ १६ गतेसम्म दिन सकिनेछ ।

सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने फागुन १३ गतेसम्म आवेदन म्याद लम्बिने छ । यो ऋणपत्रमा १० प्रतिशत ब्याज पाइनेछ । १० वर्षमा परिपक्क हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्