बिराटनगरमा युवाहरुले ल्याए “वि डिलिवर”, घर घरमा सामान डिलेवरी

<span class='c1'>बिराटनगरमा युवाहरुले ल्याए “वि डिलिवर”,</span> <span class='c2'>घर घरमा सामान डिलेवरी</span>

बिराटनगर माघ १० ,

बिराटनगरमा युवाहरुको सक्रियतामा नयाँ "स्टार्ट अप" सुरु भएको छ । बिराटनगरमा "वि डिलिवर" नाम गरेर युवाहरुले "स्टार्ट अप" सुरु गरेका हुन्  ।

बिराटनगरका युवाहरु अभिनाश थापा , मुकेश यादव , प्रिन्स पौडेल र गौरब कर्णको सहभागितामा उक्त सस्था संचालनमा आएको हो । बिराटनगर-९ कलेज रोडमा कार्यालय रहेको उक्त सस्थाले घर , कार्यालय तथा होटेलहरुमा ताजा फलफुल , तरकारी , खाजा तथा अन्य सामग्री डिलेवरी गर्ने सस्थापक मुकेश यादवले आवर बिराटनगरलाई जानकारी दिए  ।

साथै "वि डिलिवर" ले बिभिन्न जन्मदिन , पार्टी लगायतको इभेन्ट प्लान   पनि गर्ने गरेको यादवले बताए । मानिसहरु आफ्नो आफ्नो काममा सक्रिय भएको    अवस्थामा "वि डिलिवर" ले सबैलाई सजिलो बनाउन यस्तो कार्यको सुरुवात गरेको बताएको छ । "वि डिलिवर" को फेसबुक पेज तथा अफिसको नम्बरमा सम्पर्क गरी समान मगाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्