के एल दुगड समूहले ल्यायो ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा

के एल दुगड समूहले ल्यायो ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा

काठमाडौं । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञान सोल्टी  चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको छ ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा उक्त समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो ।

बजारको मागलाई ध्यानमा राख्दै यस समूहले मेज स्टार्च ८०० ग्राम, ५०० ग्राम र १०० ग्राम प्याकमा ल्याएको हो । ज्ञान मेज स्टार्च विभिन्न खाद्यपदार्थहरुलाई स्वादिस्ट बनाउन प्रयोग गरिन्छ । खासगरी सुप, सस, जुस जस्ता पदार्थहरुलाई बाक्लो बनाउन, फ्राई खाद्यपदार्थहरु, बेकरी उत्पादनहरुलाई स्वादिस्ट बनाउन यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्