गरिखानेको कुरा : बिराटनगरमा अनलाइन केक बेच्दै “ह्याप्पीली बेक्ड”

गरिखानेको कुरा : बिराटनगरमा अनलाइन केक बेच्दै “ह्याप्पीली बेक्ड”

बिराटनगर माघ १६ ,

बिराटनगरमा केकको शौखिन हुनुहुन्छ भने , घर बसीबसी फोन वा सामाजिक संजालको माध्यमबाट ताजा र गुणस्तरीय केक अडर गर्न सकिने भएको छ  । बिराटनगर मेन रोडमा घर रहेकी प्राची अग्रवालको सक्रियतामा "ह्याप्पीली बेक्ड" नामक अनलाइन केक पार्लर आजभन्दा ३ वर्ष अघि संचालनमा आएको थियो ।

बिराटनगरमा ताजा र डिजाइनदार केक पाउन समस्या तथा समयको अभावमा केक अडर गर्न समस्या भएपछी प्राची , उनकी दिदि श्रुति अग्रवाल  र उनकी आमा शैलेश आग्रवलको साहयतामा घर मै उक्त केक पार्लर सुरु गरिएको थियो । सामाजिक संजालको साहयताले आफ्ना ग्राहकसंग पुग्दै छोटो समयमा नै उक्त अनलाइन केक पार्लरले बिराटनगर र आसपासमा सेवा दिइरहेको संचालक प्राची आग्रवलले बताइन ।

हरेक दिन ८-१० वटा स्पेशल केकको अडर आउने गरेको आग्रवल बताउछिन  । बिराटनगरमा बिशेष गरेर मारवाडी समुदायको जन्मदिन , विवाह उत्सव वा रमाइलो समारोहमा केकको माग बढ्दै गएको उनि बताउछिन  ।

बिराटनगरमा  साथै "ह्याप्पीली बेक्ड" केक पार्लरमा बिराटनगर वरपरका शहरबाट पनि ग्राहकको अडर केकको लागि आउने गरेको छ ।सानो लगानीमा सुरु  गरिएको उक्त व्यवसायले अहिले राम्रो प्रतिफल दिन थालेको संचालकको भनाइ छ  ।

यसरी लिन सकिन्छ केक "ह्याप्पीली बेक्ड" बाट : 

तपाईलाई यदि केक लिनुछ भने तपाइँले सामाजिक संजाल फेसबुक , इन्स्ताग्राम साथै वास्ट्सएपमा सम्पर्क गरी केक आफ्नो रोजेको फ्लेवर साथै डिजाइनमा लिन सकिन्छ  । फेसबुकमा "ह्याप्पीली बेक्ड" खोजेर केक अडर गर्न सकिन्छ भने अडर गरिएको केक घरघरमा डीलेभरी समेत गरिने गरेको छ ।

यस्ता छन् केकका केहि डिजाइन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्