एनसीसी बैंकको छ महिनाको नाफा पौने १ अर्ब

एनसीसी बैंकको छ महिनाको नाफा पौने १ अर्ब

काठमाडौं । चालू आवको छ महिनामा एनसीसी बैंक पनि नाफा बढाउन सफल भएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुले नाफा बढेको विवरण सार्वजनिक गर्दा एनसीसी पनि सोही सूचीमा अटाएको हो ।
पुस मसान्तसम्म बैंकले ७४ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा साढे २१ करोड बढी हो ।

अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ५३ करोड रुपैयाँ रहेको थियो । रेगुलेटरी एड्जस्टमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ६४ करोड ५९ लाख रुपैयाँ हुन्छ ।
वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ६४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।बैंकको सीसीडी रेसियो ७८.२१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्