बहुमूल्य पहेँलो धातु सुनको भाउ घट्यो , आज ४ सय रुपैयाँ कम

बहुमूल्य पहेँलो धातु सुनको भाउ घट्यो , आज ४ सय रुपैयाँ कम

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार थप ४ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ६२ हजार ४ सय थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको भाउ तोलाको ६२ हजार ५ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबार, शनिबार र गएको शुक्रबार ६२ हजार ३ सयमा कारोबार भएको थियो ।

खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।
महासंघका अनुसार छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ । स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ । यो बढेर तोलाको ६५ हजारसम्म पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकको प्रक्षेपण छ ।

अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि भाउ उच्च हुँदै गएको महासंघको भनाइ छ । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।
त्यसैगरी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) पनि डलरको दाँजोमा कमजोर हुँदै जानु सुनको भाउ बढ्नुको अर्को कारण हो । नेपालमा विवाहको सिजन (माघ–फागुन) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

त्यसैगरी तेजाबी सुनको भाउ पनि ४ सयले घटेर तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ६२ हजार १ सय, मंगलबार ६२ हजार ३ सय, सोमबार ६२ हजार २ सय, आइतबार र गएको शुक्रबार ६२ हजार रुपैयाँ थियो । गत साता बिहीबार र बुधबार ६१ हजार ९ सयमा अडेको थियो ।

चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ७ सय ७५ मा कारोबार भइरहेको छ । हिजो बुधबार ७ सय ८० र मंगलबार ७ सय ८५ रहेको चाँदीको भाउ त्यसअघि पाँच दिनसम्म तोलाको ७ सय ८० रुपैयाँमा स्थिर थियो ।

महासंघका अनुसार माघ २४ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ १७ मा ६२ हजार २ सय, १८ र २० मा ६२ हजार ३ सय, २१ मा ६२ हजार ५ सय, २२ मा ६२ हजार ६ सय र माघ २३ मा ६२ हजार ४ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्