मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो, ७३ करोड रुपैयाँ खुद मुनाफा

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो, ७३ करोड रुपैयाँ खुद मुनाफा

काठमाडौं । मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्म अघिल्लो आवको तुलनामा ८६ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो ।

बैंकले यस अवधिमा ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । बैंकले पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा गरेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । पुस मसान्तमा बैंकले ७० अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु र २ हजार ३०० भन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्