विराटनगरको सुविसु केवल नेटको भयंकर अफर यस्तो छ !

विराटनगरको सुविसु केवल नेटको भयंकर अफर यस्तो छ !

बिराटनगर २४ माघ ।

सुविसु केवल नेट प्रालिले आफ्ना नयाँ ग्राहकहरु भयंकर अफर ल्याएको छ । सुविसुको बिराटनगर शाखा प्रबन्धक बिनोद आचार्यका अनुसार भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको जानकारी दिए । जडान सहित मोडियम, वाईफाई राउटर निशुल्क सुविधा रहेको बताए । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाको मात्र भ्याट सहित एकहजार पाँच रुपिया शुल्क राखिएको छ ।

टिभी सेटअप बक्ससहित क्लियर टिभी एक महिनाको ९९९ रुपिया शुल्क छ । सेट अप बक्स र जडान सहित टिभी नेट संयुक्तमा २५ एमबिपिएस इन्टरनेट, ,राउटर, सेटअप बक्स, जडान शुल्क र साथमा एक महिनाको प्रिमियम फुल एचडी सहितको दुई हजार ३०० रुपिया मात्रै शुल्क रहेको शाखा प्रबन्धक आचार्यले बताए । प्रत्येक हप्ता १० जना ग्राहकलाई लक्की ड्रमा ३ महिना निशुल्क इन्टरनेट सुविधा र एक जनालाई बम्परमा ४५ इन्चको स्मार्ट टिभी उपलब्ध गराइने सुविसुका क्षेत्रीय प्रबन्धक शेखर भट्टराईले बताए ।

लक्की ड्र प्रत्येक बिहिवार बेलुका ५ बजेपछि कगदष्कग।लभत।लउरज्ञडबललष्खभचकबचथ मार्फत हेर्न सकिन्छ । सुविसु इन्टरनेट सेवा पछिल्लो समय ग्राहकको माग अनुसार फास्ट इन्टरनेट रहेको क्षेत्रीय प्रबन्धक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्