गरिखानेको कथा : बिराटनगरका युवाले संचालनमा ल्याएको “एभरेस्ट मःमः” अस्ट्रेलियामा लोकप्रिय

गरिखानेको कथा : बिराटनगरका युवाले  संचालनमा ल्याएको “एभरेस्ट मःमः” अस्ट्रेलियामा लोकप्रिय

बिबेक दाहाल

बिराटनगर माघ २५,

बिराटनगरका युवा प्रमोद रिमाल र उनका साथी सन्तोष अधिकारीले अस्ट्रेलियामा एभरेस्ट मःमः नाम दिएर सुरु गरेको मःमः व्यापार छोटो समयमा नै अस्ट्रेलियाका नेपाली साथै बिदेशीमाझ लोकप्रिय बनेको छ । विभिन्न ४४ प्रकारका मःमः बिक्रि गर्दै आएको  एभरेस्ट मःमः ले नेपाललाई  नै बिदेशी माझ चिनाउन सफल भएको छ । बिराटनगर-११ जनपथ टोल  घर भएका प्रमोद र काठमाडौंका उनका साथी सन्तोषले एक बर्ष अघि सुरु गरेको उक्त ब्यापारले अहिले अस्ट्रेलियामा पहिलो पटक नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्रि गर्ने भएकोे छ । सिड्नी भन्दा बाहिर पनि फ्रान्चाईजी लाने तयारीमा संचालक समुह रहेको छ । एभरेस्ट मःमः सिड्नीमा २ दर्जन बढी स्टोरमा पनि उपलब्द रहेको छ ।

सानो लगानीबाट सुरु गरिएको उक्त  मःमः हाउस अहिले फस्टाएको र यसले नेपाललाई नै बिदेशी भूमिमा चिनाउन सफल भएको छ । डबल स्नातकोत्तर गरेका प्रमोद साथै लामो समय बजार व्यवस्थापनमा अनुभब प्राप्त सन्तोषको अगुवाइमा एभरेस्ट मःमः ले निकै राम्रो बजार लिएको र उक्त कामले दुवै हौसिएको संचालकले बताए । एभरेस्ट मःमः अस्ट्रेलियामा अनलाइन अडर साथै रिटेल पनि बिक्रि हुदै आएको छ ।

एभरेस्ट मःमः को मुख्य ग्राहक नेपाली , भारतीय , चाइनिज साथै अस्ट्रेलिया र अन्य मुलुकका मानिसहरु रहने गरेको संचालक बताउछन । एभरेस्ट मःमः ले नै जम्मा १ मिनेट मिक्रोवेवमा राख्दा तयार हुने मःमः पनि बजारमा ल्याएको छ ।मेहनत गरे कुनै पनि ठाउँमा सफल हुन् सकिने उदहारण यी दुइ युवा बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्