प्राइम कमर्सियल बैंकको नाफा अर्ब कट्यो, अघिल्लो वर्षभन्दा एक तिहाइ बढी

प्राइम कमर्सियल बैंकको नाफा अर्ब कट्यो, अघिल्लो वर्षभन्दा एक तिहाइ बढी

बिराटनगर माघ २८ ।

चालू आवको छ महिनामा प्राइम कमर्सियल बैंकले १ अर्ब ६ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा एक तिहाइ बढी हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ७९ करोड २५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९३ करोड ४२ लाख रुपैयाँ हुन्छ ।

वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ७६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७८.५५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्