२३ मंसिर २०७६, सोमबार

क्यापेचिनो – अभिषेक भट्टराई

मेन्यु मेरो टेबलमा आईपुग्या थियो ।

मैले मेन्यु हेर्न सुरु मात्र गर्दा पछाडीबाट आवाज आयो ,’ मोका ‘

कफिको लिस्टमा एकटक भएको म पछाडी फर्किए ।

‘ सुलभ्या’ हामी एउटै क्लास मेट तर आज सम्म बोलचाल भने भएको थिएन ।

बोलचाल र औपचारिक कुरा कानी नभएपनी सुलभ्या सग म राम्रो सग परिचित थिए । कक्षामा पनि सरले मलाई कुनै प्रश्न सोध्दा पनि सुलभ्या यसरी नि ओभरटेक गर्थिन र सरको गाली खान्थिन ।

सरले गाली गरे पछि ‘सिट डाउन ‘ भन्दा उनी मुस्कानका साथ बस्थिन ।

सरलाई नै सोचमग्न पार्ने गरि । मनमनै सरले सायद सोच्नुहुन्थ्यो ,’ त्यस्तो गाली गर्दा पनि अलिकति पनि विचलित नहुने कस्तो केटि हो ? ‘

क्लेजको कफि सपको टेबल न ३ मा बसेर यति कुरा सोच्दा सोच्दै गर्दा सुलभ्याको अर्डर मेरो टेबलमा आईपुग्यो । ए साची सुलभ्याको अर्डर हैन अर्डर मेरो थियो तर सजेसन सुलभ्या को !

‘ मोचा ‘

त्यो छनोट सुलभ्याको थियो तर मैले समर्थन गरेकाले त्यो अर्डर मेरो टेबुलमा आईपुग्यो ।

सुलभ्या र उनका साथिहरु भने Today’s Special मा रहेको आलु परौठाको स्वादमा रमाउदै ,हास्दै गफिदै थिए ।

कफि आधा भइसकेको थियो ।

मैले मेरो देब्रे हात तर्फ आँखा डुलाए , ‘Oh Shit ‘

मैले आज मेरो Wrist Watch घरमै छाडेको थिए ।

सुलभ्याको ग्रुप टेबल बाट उठने तर्खरमा थियो ।

मैले Reception को भाईलाई इसारा गरेर टाईम सोधे ।

8:30 ,5 minutes more to ring the bell ‘ सुलभ्याले फेरि ओभरटेक गरिन तर यो बेला भने उसले म तिर हेरेर मुसुक्क हास्दै बाहिर निस्किन । मैले पनि मुसुक्क हास्दिए ।

क्लास पुग्दा English को क्लास सुरु भइसकेको थियो ।

ब्रेक टाईम सकेर सबै जना क्लास पुगिसकेका थिए ।

ढोकामा मलाई देखेर सरले सोध्नुभयो , ‘ रोमन, क्लास सुरुभएको १० मिनेट भइसक्यो तिमी कहाँ थियौ ? ‘

‘ क्यान्टिनमा कफि खादै ‘

उत्तर अरु कतै बाट आयो , सरको ध्यान पनि उतै मोडियो ।

‘ मैले रोमनलाई सोधिरहेको छु ‘ सरले अलि सार्हो स्वरमा भन्नूभयो ।

मैले जवाफ दिननपाउदै सरले भित्र आउ भन्ने इशारा गर्नुभयो ।

कोर्स अलिकती पढाए पछि , सरले प्रोजेक्ट वर्कको लागि ग्रुप विभाजन गरिएको कुरा जानकारी गराउन थाल्नुभयो ।

ग्रुप सि

रोमन क्षेत्री

सुलब्या सापकोटा

ग्रुप ए र बि को बारेमा जानकारी गराउदा शान्त रहेको कक्षा एकाएक एउटै ध्वनि ले भरियो ,

‘wow’

प्रोजेक्ट वर्क अन्तर्गत हामिले कुनै एक विपन्न वस्ती पुगेर त्यहाँका वासिन्दाको बारेमा रिपोर्ट तयार गर्नुपर्ने हुन्छ ।

क्लास सकिएपछि म बाहिर निस्किनु अघि नै सुलभ्या बाहिर निस्कीसकेकि थिईन ।

म बाहिर निस्किदै गर्दा सुलभ्या मुस्कुराउदै गेटमा बसिरहेकी थिइन ।

‘ हाई , म सुलभ्या ‘

‘ हेल्लो , म रोमन एन्ड योर फ्रेन्ड फर प्रोजेक्ट वर्क ‘ भन्दै म हासे ।

सुलभ्या मुस्कुराईन ।

बसको हर्ने बज्यो ।

‘सरि , बस हिड्न लाग्यो !! टक टु इयु ल्याटर है ,बाई’ भन्दै सुलभ्या बस तर्फ दौडिन ।

मेरो आँखा पनि सुलभ्या सगसगै बस तर्फ दौडिए ।

‘ओई , कता हराएको ? घर जानू पर्दैन ? ‘

राजिव पछाडी बाट बोल्यो ।

म झसङ्ग भए र घर तिर लागे ।

घर गएर फ्रेस भएपछी एकछिन फेसबुकको भित्ता तिर भौतारिनु मेरो दैनिककि जस्तो भइसकेको थियो ।

मोबाईलमा वाई-फाई कनेक्ट हुने बित्तिकै नोटिफिकेशन आयो ।

‘ Sweet Sulabhya Sent you a friend request ‘

नोटिफिकेशन अरु पनि थिए तर यो नोटिफिकेशनले मेरो ध्यान आफू तर्फ मात्र एकाग्र गरायो ।

साच्चै नै उसको फेसबुकको नाम जस्तै स्विट थिइन सुलभ्या ।

मिलेको अनुहार !

गहुगोरो वर्ण ,

अनि परेवाका जस्ता आँखा !

इनोसेन्ट हेराई ।

यी सबैकुरा ले सझिएको मुस्कानले जो कोहि लाई मन्त्रमुग्ध बनाउथियो ।

म पनि अपवाद रहन सकिन ।

यी सबैकुरा भन्दा स्विट थियो त मलाई ओभरटेक गर्ने उनको आवाज , त्यसैले त कसैले सुलभ्या नजिक भएको बेला मलाई प्रश्न सोध्यो भने म उत्तर दिन अलि आनाकानी गर्थे ! 😉

अरु कुरा केही नसोची मैले त्यो रिक्वेस्ट एसेप्ट गरे ।

उनी अनलाईन नै थिईन ।

म्यासेज बक्स खोले र ‘Hy ‘ टाईप गरे र फेरि ईरेज गरेर च्याट हेड बन्द गरे ।

फेसबुकको न्युज फिड स्क्रोल गरिरहदा ,म्यासेन्जर को च्याट हेड अचानक एक्टिभ भयो ।

म्यासेज सुलभ्याको थियो ।

‘हाई रोमन ‘

‘हाई’

‘खाना खाएउ ? ‘

‘ उम , खाए अनि तिमिले ?’

‘ तिमिले रिक्वेस्ट एसेप्ट गरेउ , यहि खुसीमा भोक नि हरायो 😉’

‘हा…हा..हा’

औपचारिकता , पढाईको कुरा अनि प्रोजेक्ट वर्क प्लान ….

अनि विच विचमा स्विट सुलभ्याका स्विट गफ ,सायद यो भन्दा अघि म्यासेन्जरमा अरु कोहि सग yasari कुरा भएको थिएन ।

विहान ५ बजे उठेर फेसबुक खोले , फ्रेन्डलिस्टको टपमा सबै नाम लाई उछिन्दै स्विट सुलभ्या पुगेको थिए ।

मुसुक्क हासे । एकदिनमै उनी फ्रेन्ड लिस्ट को टपमा पुगेकी थिइन , कता कता मनको कुनामा ठाउँ पनि पाईसकेकी थिईन ।

परिक्षाको अन्तिम घन्टी जस्तै गरि मोबाईलको रिङ्गटोन बज्यो ।

नम्बर अननेम थियो तर True Caller ले मनको कुरा बुझे सरि नम्बर Identify गर्यो । सुलभ्या सापकोटा

‘गुड मर्निङ्ग , उठिसकेउ ? ‘

‘हैन म निदाईरहेको छु 😉’

‘ ए ए , म त हिजो ढिलो सुत्या थिएउ क्लेज जान ढिलो हुन्छ भनेर सम्झाईदिएको ‘

‘थ्यान्क यु ‘

‘ सि यु सुन ‘

‘ हाहाहा Sure

म तयार भएर क्लेज पुगे ।

सुलभ्या गेट अगाडि नै थिईन ।

‘गुड मर्निङ्ग ‘ सुलभ्या मुस्कुराईन ।

‘क्लास किन नगएको ? ‘ मैले अलि गम्भीर भएर सोधे ।

मुस्कुराउदै भनिन , ‘ आज प्रोजेक्ट वर्क ‘

‘ओ सरि , मैले बिर्सिएछु ‘

‘ सबै जना बसमा गईसके , म तिमिलाई पर्खेर बसिरहेको थिए ‘ अलि गम्भीर हुँदै सुलभ्या मुस्कुराईन ।

‘ ए होर !! Lets move then ‘ हतारिदै मैले जवाफ दिए ।

छोटो समयमा हामी निकट भइसकेका थियौ ।

सुलभ्याले मलाई हरेक कुरामा ख्याल गर्थी सायद त्यसैले होला मेरो धडकनमा पनि कता कता मैले सुलभ्या लाई पाउन थालिसकेको थिए ।

बसमा हामी सगै थियौ , सुलभ्या घरि घरी झ्याल बाहिर देखाउदै ती ठाउँ र वस्तु हरु सग मलाई परिचित गराउन व्यस्त रहि ।

बेला बेला म ती वस्तुहरु बारे जिज्ञासा राख्थे अनि उ ती जिज्ञासाहरु को जवाफ दिन्थी ।

त्यो दिन भर सुलभ्या र म सगै थियौ , सुलभ्या सग रहेकाले होला मलाई दिन बित्तिको पत्तै भएन ।

प्रोजेक्ट सकिएपछी सुलभ्या उसका साथिहरु सग गफ गर्दै थिई ।

मैले पनि उसलाई डिस्टरभ गर्न चाहिन र चिया पसलमा गएर चिया पिउन थाली ।

साथिहरु सग गफमा मस्त रहेकी सुलभ्याको आँखा म तिर ठोक्किन पुगे ।

उ झसङ्ग भइ अनि म तिर आई !!

‘ सरि , बोलाएको भए आईहाल्थिए नि त !!’

‘ हैन हैन , तिमी गफ गर्दै थियौ अनि किन डिस्टर्भ गर्नु भनेर ‘

‘ बोर भयौं हो ? …आई एम सो सरि ‘

‘ किन सरि भन्या ? ‘

‘ म तिमिलाई बोर भएको देख्न चाहन्न ‘

‘ ल हिड , बस छुटन लाग्यो ‘

सुलभ्याको चाहना +२ सकिएपछी अष्ट्रेलिया जाने थियो तर मेरो इच्छा नेपालमै व्याचलर इन डेभलपमेन्ट स्टडिज गर्ने थियो ।

प्रोजेक्ट सकिएपछी सुलभ्याले बिहानै म्यासेज गरिन । म्यासेजमा उनले दिउँसो सस्क्याचीमा भेटने कुरा गरेकी थिइन ।

+२ पनि सकिनै लाग्या थियो , किन किन मलाई सुलभ्या सग डर लागिरहेको थियो ।

सुलभ्या सग भन्दा पनि उसको सपना सग , हाम्रो मन एउटै थियो तर सपना फरक ।

अनि फेरि सोच्थे एक ढिक्क भएर बसेको मनलाई जाबो सपनाले कसरी छुट्याउन सक्छ र !! केही हदसम्म भएपनी मन सन्तुष्ट हुन्थ्यो ।

म ससक्याची पुगेको १० मिनेटमा नै सुलभ्या आईपुगिन ।

‘हाई , मलाई धेरै पर्खेउ होला है ? के गर्छौ म यस्तै छु ‘

मनमनै भन्दै थिए ,’जस्तो सुकै भएपनी दामी छौ ‘

वातावरण एकछिन मौन रहयो ।

‘ आज किन मुड अफ ? ‘ उनले भनिन !!

‘ तिमी मलाई जहिले पनि मुड अफ नै देख्छौ ‘

हुन पनि हो , मुड अफ भन्दा पनि अलिक गम्भीर चाहिँ थिए म ।

‘ ह्या ,जहिले न्यु मात्र खोज्छ ‘ उ झर्किन !!

‘ उम , २ मोका ‘ मैले अर्डर गरे ।

उनी मख्ख परिन । 😁

‘सुलभ्या , तिम्रो भिसा आयो ?’

मैले भने !!

‘ अ ,इम्बेसीमा तिमी छौ नि ,एक्जाम नै नदि भिषा आउन लाई ‘

‘ हाहाहा , सहि हो !’

‘ अष्ट्रेलिया गएपछी हामीलाई विर्सिने होला !’

कफि पिउदै मैले भने ।

‘ म जहाँ पुगे पनि मन तिमी सगै हुन्छ , यस्तो कुरा नगर न !’

सुलभ्या अलि गम्भीर भएर जवाफ दिईरहेकी थिइन ।

कफि सकेर हामी ससक्याची बाट निस्कियौ ।

सुलभ्या आफ्नो भिसा प्रोसेसमा व्यस्त थिईन र म पनि प्रवेश परीक्षा को तयारीमा थिए ।

हामी विच पहिला को जस्तै गफ गाफ हुन छाडिसकेको थियो ।

एकदिन बिहानै सुलभ्याले फोन गरिन , ‘ह्याप्पी बर्थ डे ‘

मेरो बर्थ डे थियो त्यो दिन , बर्थ डे विइस र हाल खबर सोधे पछि दिउँसो भेटने बताईन ।

क्याफेमा मोकाको स्वाद र सुलभ्या मिठा गफमा रुमलिइरहेको वातावरण एकैछिन शान्त रहयो ।

‘ रोमन , मेरो सेप्टेम्बर १० को फ्लाईट छ । म अष्ट्रेलिया जाँदै छु ‘

‘ बधाई छ , तिमिलाई !! यस्तो खुसीको कुरा गर्दा किन यस्तो सेन्टी भा’को तिमि ?’

‘ खुसी एउटा ठाउँमा छ रोमन !! तिमिलाई छोडेर जानू को पीडा धेरै छ ‘

‘ पढाई सकेपछी म पनि आउछु नि !! किन टेन्सन लिईराख्या ‘

सुलभ्या मौन रहिन !!

मैले नै भने , ‘ लेटस सेलिब्रेट , स्माईल ! स्माईल !! ‘

सुलभ्या मुस्कुराईन । उनी जब जब मुस्कुराउथिइन मेरो खुसीले सिमा नाग्थ्यो ।

सुल्भ्याले अष्ट्रेलिया जाने कुरा गरिरहदा मेरो मनमा जस्तो ठूलो पीडा कसलाई भयो होला र !! त्यही पनि म उसको खुसीमा रमाए जस्तो नाटक गरिरहेको थिए । सुलभ्याको फ्लाईट डेट नजिक नजिक आउदै थियो , हाम्रो भेट पनि निक्कै बाक्लीएको थियो ।प्राय हामी दैनिक जस्तै भेट गर्थौ ।

हाम्रो प्रत्येक भेटमा म सुलभ्यालाई एउटै प्रश्न तेर्साईरहन्थिए ,’ अष्ट्रेलिया गएपछी मलाई बिर्सिदैनौ नि ? ‘

उसको जवाफ पनि सधै एउटै हुन्थ्यो ,’ ती चराहरु देख्छौ नि , ती चराहरुले आफ्नो परिवारलाई गुडमै छाडेर आएका छन । यी चराहरु दिनभरी चारोको खोजिमा धेरै पर -पर सम्म पुग्छन तर चारो पाए पनि नपाए पनि बेलुका आफ्नै घर फर्किन्छन । हो चारोको खोजिमा हिडेका यी चराहरु जस्तै हु म !! जहाँ पुगे पनि मनमा तिमी नै हुन्छौ र फर्किएर तिमी सामु नै आउनेछु । ‘

सुलभ्या यी कुराहरु भनिरहदा एकदमै भावुक हुन्थी ।

मेरो इन्ट्रान्स एक्जाम भएकोले सुलभ्याको फ्लाईट टाईम maa एयरपोर्ट पुग्न सकिन तर उडने बेला सुलभ्याले आफै फोन गरेकी थिई ।

अष्ट्रेलिया पुगेर सुल्भ्याले फेसबुकमा म्यासेज गरि ।

अब हामी सधै जसो भिडियो च्याटमा कुरा गर्थौ ।

सुलभ्या अष्ट्रेलिया पुगेको एक वर्ष सम्म हामी पहिलाको जस्तै थियौ ।

अचानक सुलभ्याको बानीमा परिवर्तन आउन थाल्यो ।

उ अनलाईन हुन्थ्यो , मेरो म्यासेज डेलिभर्ड पनि हुन्थ्यो ।तर म्यासेज पठाएको घण्टौ पछि मात्र उ म्यासेज रिप्लाई गर्थी ।

भिडियो च्याट रिजेक्ट गर्थी र ‘ आइ एम विजि ‘ भनेर टेक्स्ट गर्थी ।

बिस्तारै बिस्तारै उ म बाट टाढा जान थालेकी थिई। यता म भने उसको यादमा हरेक पल तड्पिरहेको हुन्थिए । बिहान पठाएको म्यासेज को रिप्लाई राती आउथ्यो , मनको दुरि पनि बढदै थियो ।

एकदिन अचानक मेरो म्यासेज बकसमा सुल्भ्या को म्यासेज आयो ।

‘ सरि रोमन ,मैले हाम्रो मायाको लागि मेरो सपनाको बलिदान दिन सकिन । मलाई थाहा छ मैले अपराध गरिरहेको छु यसको सजाय मैले निस्चय नै पाउने छु तर मैले मेरो मनलाई मार्न सकिन रोमन । म बुझ्छु तिम्रो पीडा , प्लिज तिमी मलाई बिस्तारै बिस्तारै बिर्सिदेउ आफ्नो नयाँ जीवन सुरु गरेर म जस्तो निष्ठुरीलाई भुलिदेउ , आई एम सो सरि रोमन । सायद तिमीले मलाई र मेरो सपना प्रतीको लगाव बुझ्छौ । आई एम सो सरि , सक्छौ माफ गर्देउ । गुड बाई , ह्याभ अ वन्डरफुल लाईफ ए हेड ‘

सग सगै एक नवविवाहित जोडिको तस्वीर पनि थियो ।

मेरो आँखा भरी आँसु भरिसकिएका थिए र बिस्तारै बिस्तारै किबोर्डमा झरिरहेका थिए ।

मैले बधाई छ लेखेर रिप्लाई गर्न खोजे तर उ र म विचको च्याट बक्समा म्यासेज टाईप गर्ने ठाउँ थिएन ।उसले मलाई ब्लक गरिसकेकी थिईन ।

कलम बन्द गर्नै लाग्दा क्याफेको भाइ तेस्रो पटक अर्डर टिप्न आईपुग्यो ।

अघिल्लो दुई पटक त्यसै फर्किएको उसलाई यो पटक निराश बनाउन चाहिन ।

‘कफि ‘

‘ सर , मोका ? ‘ उसले हाम्रो सधैको अर्डर थाहापाएर गेस गर्यो ।

आँखाबाट चस्मा झिकेर आँखा पुछ्दै मैले जवाफ दिए ,’ नो ! नो !! …क्यापिसिनो प्लिज ‘

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस