यस्ता छन् महिला र पुरुषको यौनांगमा देखिने समस्या

<span class='c1'>यस्ता छन् महिला र</span> <span class='c2'>पुरुषको यौनांगमा देखिने समस्या</span>

डा. सुमनराज ताम्राकार

हरेक महिला–पुरुषले पार्टनरका यौनांगमा देखिने समस्याबारे थाहा पाउनु राम्रो हुन्छ। कतिपय यस्ता समस्याका लक्षण यौन रोगका पूर्वसंकेत पनि हुन सक्छन्। त्यसकारण बेलैमा यौनांग वरिपरिको समस्याको उपचार गराउनु बुद्धिमानी हुन्छ।

महिला यौनांगमा देखिने समस्या

स्त्री जनेन्द्रिय (योनि) भन्दा माथि रौँलाई ढाकिएको भागलाई अंग्रेजीमा भल्भा भनिन्छ। शरीरमा अन्य अंगमा झैँ यहाँ पनि घाउ (अल्सर) आउने, दुख्ने, चिलाउने हुन सक्छ।

भल्भामा धेरैजसो यौनजन्य संक्रमण (भिरिंगी, हर्पिस, सेन्क्रोइड आदि)का कारण घाउ, अल्सर आउन सक्छ। त्यसबाहेक आन्द्रालाई पनि असर गर्ने क्रोन्स डिजिज, पटक–पटक मुख तथा आँखामा पनि अल्सर आउने बेहसेट डिजिज तथा इप्स्टिन बार भाइरसको कारणले हुने लिपसुज संक्रमणमा पनि भल्भामा अल्सर (घाउ) आउँछ।

अल्सरजस्तै भल्भामा अप्थस अल्सर, हर्पिस संक्रमण, भल्भामा रहने स्नायुको सुजन, सिस्नुले पोलेको झैँ अनुभव हुने अवस्था, योनि तथा पिसाब खुल्ने द्वारको दुखाइ सरेर त्यतिकै दुख्न सक्छ।

स्त्री रोग विभागको बहिरंगमा आउने करिब १० प्रतिशत महिलाले यौनांग वरिपरि चिलाउने गुनासो गर्न सक्छन्। ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमण, त्यहीँ सोरियासिस, इन्टरट्राइगो तथा डर्मेटाइटिसजस्तो छालाको समस्या, फंगस भाइरस जुम्रा तथा चुर्नाको कारण, भिरिंगी, एलर्जीका कारण चिलाउने हुन सक्छ।

कहिलेकाहीँ क्यान्सरको पूर्वस्थितिको पूर्वलक्षणको रूपमा चिलाउने हुन सक्छ। यसबाहेक मधुमेह, भिटामिनको कमी, कुपोषणका कारण पनि यौनांग वरिपरि चिलाउने हुन्छ।

यसरी यौनांग वरिपरि देखापर्ने यी लक्षण अधिकांश समय सामान्य खालको हुन्छ। जसको कारणअनुसार उपचार गर्न सकिन्छ। तर, विरलै भए पनि यी लक्षण क्यान्सरको पूर्व लक्षण हुन सक्ने हुनाले सतर्कता भने अपनाउनुपर्छ। यौनांग वरिपरि घाउ आउने, पीडा हुने तथा चिलाउनेबाहेक गिर्खा आउने, सेता तथा राता दाग आउने हुन सक्छ।

पुरुष यौनांगमा देखिने समस्या

त्यसो त पुरुष लिंगको सुपारी आकारको टुप्पा छालाले छोपिएको हुन्छ। जसलाई अग्रचर्म भनिन्छ। पुरुष लिंग माथिको छाला तल–माथि गर्न, लिंगको टुप्पालाई ओसिलो बनाइराख्न तथा यौन सम्पर्क सहज बनाउन अग्रचर्ममुनि असंख्य स–साना ग्रन्थि हुन्छन्।

यही ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भई सेतो देखिन्छ। यो स्वाभाविक प्रक्रिया हो। अग्रचर्म कटान नगरिएका व्यक्तिको अग्रचर्ममुनि सेतो जम्ने प्रक्रिया अलि छिटो हुन्छ।

व्यक्तिपिच्छे निश्चित खालको शारीरिक गन्ध कसैलाई मन पर्ने, नपर्ने हुन्छ। दुई व्यक्तिबीचको प्रणय सम्बन्ध प्रगाढ बनाउन शारीरिक गन्धले प्रभाव पार्न सक्छ। यस्तो प्रकारको गन्धलाई प्राकृतिक मान्नुपर्छ। यौनांग वरिपरि पसिना आउने र पिसाबको थोपा पर्ने कारण गन्ध बढी आउँछ। कुनै यौन साथीलाई यस्तो खालको गन्ध नमीठो लागेमा गन्धनाशक डिओडरेन्टको प्रयोग गर्न सकिन्छ।

आफ्नो शारीरिक गन्धलाई कसैले नकारात्मक कमेन्ट गरेको खण्डमा सरसफाइमा ध्यान दिन आवश्यक छ। वास्तवमै नमीठो शारीरिक गन्धले यौनांगका स्पर्श तथा लिंग मुख मैथुनका पारखीलाई पनि नकारात्मक असर पुग्न सक्छ।

यसको लागि नियमित सरसफाइ गर्ने, भित्री लुगा नियमित फेर्ने गर्नुपर्छ। भित्री लुगा सुतीको राम्रो हुन्छ। पुरुष लिंगमा साबुन, पाउडर वा डियोडेरेन्टको प्रयोग गर्दा एलर्जी हुन सक्छ, सजग हुनुपर्छ। जीवाणु तथा ढुसीको संक्रमणको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ।

कतिपय अध्ययनअनुसार तुलनात्मक रूपमा अग्रचर्म कटान गरिएका व्यक्तिमा एचआईभीलगायत यौनांगको संक्रमण एवं क्यान्सर हुने सम्भावना कम पाइएको छ। तर, यसो भन्दैमा सबैले अग्रचर्म कटान गराउनै पर्छ भन्ने चाहिँ होइन। सामान्यभन्दा बढ्ता एवं संक्रमण हुन थालेको खण्डमा प्रभावित भाग चिलाउने, रातो हुने, सुन्निने, दुख्ने आदि हुन सक्छ।

कहिलेकाहीँ पुरुष लिंग माथिको छाला साँघुरिएर वा लिंगमा टाँसिएर अग्रचर्म फेदतिर फर्काउन मिल्दैन अर्थात् टुप्पाको अग्रचर्म साँघुरिएका व्यक्तिको लिंगको छालामुनि सेतो जम्मा हुने सम्भावना बढी हुन्छ।

अधिकांश नवजात शिशुमा अग्रचर्म टाँसिएको भए पनि समयक्रमसँगै छुट्टिँदै जान्छ। करिब १० प्रतिशतमा भने यो समस्या यथावत् रहिरहन्छ। उपचारको क्रममा अग्रचर्म कटान गर्नुपर्ने हुन्छ।

यसको अलावा पुरुष लिंगकै सुजन, पुरुष यौनांगको छालाको सुजन तथा पुरुष लिंगमा पंmगल संक्रमणले पुरुष लिंग रातो हुने हुन सक्छ। यस्तै सोरियासिसको समस्यामा बाक्लो अलगै रातो दाग बस्ने तथा हर्पिस संक्रमणमा दुख्ने खालको रातो स–साना बिमिरा तथा पानीको फोका उठ्ने हुन्छ। विभिन्न उद्देश्यका लागि पुरुष लिंगमा प्रयोग गरिएको कृत्रिम जेल वा झोलका कारण एलर्जीका कारणले पनि रातोपन हुने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्