जापानी प्रविधिबाट स्वचालित श्री स्टील टीएमटी छड बजारमा

जापानी प्रविधिबाट स्वचालित श्री स्टील टीएमटी छड बजारमा

काठमाडौं फाल्गुन १०।

मजबुत तथा सुदृढ नेपालकोे परिकल्पनामा प्रतिबद्ध केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित स्टील रुपन्देहीको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा प्रयुक्त स्टील एफई ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टममा  उत्पादन हुने गर्दछ ।

नेपाल भुकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्प आइरहने देश जापानमा निर्मित यो प्रविधि पहिलो पटक श्री स्टील्स प्रा.लि. ले नेपाल भित्र्याएको छ । श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्