वीरगन्जका उद्योगी केडियाको अपहरणमा संलग्न दुई भारतीय नागरिक पक्राउ

<span class='c1'>वीरगन्जका उद्योगी केडियाको अपहरणमा संलग्न</span> <span class='c2'>दुई भारतीय नागरिक पक्राउ</span>

वीरगन्ज २५ फागुन । वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पासवान र महत्तोलाई पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शनिबार उनीहरुको सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेका मध्ये पासवान केडिया अपहरणकाण्डका मुख्य योजनाकार हुन् ।
केडिया अपहरण प्रकरणमा महतोविरुद्ध पनि मुद्घा दर्ता रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । उनीहरु उद्योगी केडियाको अपहरणपछि भारतीय सिमावर्ती क्षेत्रमा बस्दै आएका तथा बेला–बेलामा नेपाल पनि आउने गरेको सूचना पाएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । केडिया अपहरण सम्बन्धि मुद्दा , जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेका दुबै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय बारालाई बुझाउने उनले जानकारी दिए । यसअघि केडिया अपहरणकाण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले बाराको महागढीमाईका विरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, विरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डे गरी पाँच पक्राउ गरेको थियो ।
वीरगंजका उद्योगी सुरेश केडिया २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्