बिराटनगर फाल्गुन २८ ,

Advertisement

बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन प्रालिका निर्देशक रबि गुप्ताले जानकारी दिए  ।

बिराटनगरमा आयोजना हुने उक्त  रोजगार मेलामा नेपालका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने गुप्ताले बताए । २० वटा भन्दा बढी कम्पनिहरुलाई उक्त रोजगार मेलामा समावेश गराएर बिराटनगर र आसपासबाट ५ हजार बिद्यार्थीलाई मेलामा सहभागी गराउने उदेश्य रहेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस