चार हजार युवालाई रोजगारी शिक्षा दिने यस्तो छ नेपाल सरकारको तयारी

चार हजार युवालाई रोजगारी शिक्षा दिने यस्तो छ नेपाल सरकारको तयारी

काठमाडौं २९ फाल्गुन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ । निःशुल्क तालीम सञ्चालन गरी तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०का सूचना अधिकारी नेत्रनारायण पौडेलले बताउनुभयो ।
इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण जस्ता तालिम दिएर युवाहरुलाई स्वरोजगार बनाउन लागिएको हो । छोटो अवधिका तीन महीने करिब ३९० घण्टाको तालीमपछि युवा आफैँ स्वरोजगार हुने उहाँको बताउनुभयो। रहेका छन्। तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको र तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइने सूचना अधिकारी पौडेलले बताउनुभयो । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ ।
देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न संस्थाले तालीम दिनेछन् । तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्