पुर्वराजा ज्ञानेन्द्र शाहको मध्य तराई भ्रमण आजबाट सुरु हुदै

पुर्वराजा ज्ञानेन्द्र शाहको मध्य तराई भ्रमण आजबाट सुरु हुदै

काठमाडौं २९ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यतराई भ्रमण सुरु गर्नलाग्नु भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा सुधार आएपछि उहाँले रोकेको भ्रमण पुन अगाडि बढाउनु भएको हो । अस्वस्थ भएर र्व मुमा बडामहारानी अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण स्थगित भएको थियो ।

उहाँले बुधबार धुनषाबाट भ्रमण सुरु गर्नुहुने भएको छ । बुधबार जनकपुरमा बास बसेर बिहीबार सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने र जनकपुरमै बास बस्न फर्किने भ्रमण तालिका रहेको छ । त्यस्तै उहाँले चैत १ गते जानकी मन्दिरमा, २ गते उदयपुरको गाइघाट स्थित राधाकृष्ण मन्दिर र ३ गते सप्तरीको सखडा भगवतीको मन्दिरमा पुजापाठ एवं दर्शन गर्नुहुनेछ ।

भ्रमणको क्रममा उहाँ राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे परामर्शसमेत गर्नेुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्