बिराटनगर चैत्र १७ ,
बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनको तयारीमा रहेको छ । बिराटनगर विमानस्थल जाने बाटोमा "ह्यासट्याग फुड एण्ड बार" को संचालन चाडै हुने भएको हो । पुरानो आइरिस रेस्टुरेन्टलाई नयाँ ढंगबाट बिराटनगरका युवाहरुले संचालनमा लाएका हुन् । विराटनगरका युवाहरु अभिनास थापा, पवन जसवाल तथा मिलाप कर्ण लगायतको समुहको नेतृत्वमा करिव ८० लाखको लगानीमा रेस्टुरेन्ट संचालन हुन लागेको हो ।
उक्त रेस्टुरेन्टमा हरेक शुक्रवार र शनिवार लाईभ म्युजिक, हप्तामा एक दिन वलिउड नाईट र लेडिज नाईटहरु हुने र फुल वार्वि क्यु सहित संचालनमा आउन लागेको संचालक अभिनास थापाले जानकारी दिए ।
साथै , उक्त ठाउँमा भविष्यमा वढाउदै लज र वेनक्विट हल सहितको होटल संचालनमा ल्याउने अवधाराणा रहेको थापाले बताए ।