अष्ट्रेलिया बाट पहिलोपटक ‘मेगा रेमीट’ सेवा सुरु , अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउन सजिलो

<span class='c1'>अष्ट्रेलिया बाट  पहिलोपटक ‘मेगा रेमीट’ सेवा</span> <span class='c2'>सुरु , अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउन सजिलो</span>

काठमाडौँ, १८ चैत । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ ।

अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ । मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्