टाउको र शरिर अलग भएको अवस्थामा ४ दिनदेखि बेवत्ता युवकको शव खोलामा भेटियो

टाउको र शरिर अलग भएको अवस्थामा ४ दिनदेखि बेवत्ता युवकको शव खोलामा भेटियो

कञ्चनपुर २ वैसाख । चार दिन अघि वेपत्ता भएका १ युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव लम्वा चद्दरको न्युरा खोलामा फेला परेको प्रहरीले जनाएको छ । शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँवरले जानकारी दिए ।
बडायकको टाउको र शरिर अलग गरिएको अवस्था छ । उनको हत्या गरेको आशंकामा एक स्थानीय युवतीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ७ की १६ वर्षीया किशोरी शिवानी राना, सोही स्थानका १८ वर्षीय अयोध्या राना र १८ वर्षकै प्रमोद राना रहेको प्रहरीले जनाएको छ ।
कृष्णपुर नगरपालिका ८ मा बस्दै आएका बडायक गत चैत २८ गते स्थानीयको विवाहमा रैकवार विचुवाको कलुवापुर गएका थिए । सोही दिन साँझदेखि सम्पर्क्विहिन भएका बडायकको प्रहरीदे सोमबार बिहान टि–सर्ट रगतले लतपतिएको अवस्थामा खेतमा फेला पारेको थियो। टिसर्ट फेला परेपछि घटनाको अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको खोजीमा प्रहरीले सहयोग नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयले ईलाका प्रहरी चौकी रैकवार विचुवा घेराउ गर्नका साथै टायर बालेर सडकमा चक्काजाम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्