बाँदरको मस्तिष्कमा मानिसको जिन हालेपछि बढ्यो बादरको बुद्धि

बाँदरको मस्तिष्कमा  मानिसको जिन हालेपछि बढ्यो बादरको बुद्धि

एजेन्सी, २ बैशाख ।  संसारमा बाँदरको  साम्राज्य  फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनेछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा यो जीनको भुमिका भएको विश्वास गरिन्छ ।जुन बादरहरुमा मानिसको जिन हालियो ति बादरहरुको स्मरणशक्तिको जाँचमा राम्रो गरेको र प्रतिक्रिया पनि चाँडो दिएको वैज्ञानिकहरुको भनाई रहको छ । मान्छेमा जति समय मतिष्कको विकास हुन समय लाग्छ ति बाँदरहरुमा पनि उत्तिकै समय लागेको पाइयो । तर मस्तिष्कको आकार भने बढेन । परीक्षणमा समावेश ११ ओटा बादर मध्ये पाँचओटा मात्र बाँदर जीवित रहेका थिए ।
यसको लागि नैतिक प्रश्न उठाउन नमिल्ने शोधकर्ताको भनाई रहेको छ । उनीहरुका अनुसार मकाक प्रजातिका बाँदर आनुवंशिक रुपमा मानव भन्दा फरक रहेका छन् । तर त्यसमा धेरैका असहमति रहेको छ । युकेका पशु कल्याणको क्षेत्रमा काम गर्ने आरयसपीसिए भन्छन्, बाँदरहरु धेरै चेतनशील हुन्छन् उनीहरुमा दुख र पिडा अनुभुत गर्न सक्ने क्षमता हुन्छ । तिनले मान्छेको जिज्ञासाका कारण ठुलो मूल्य चुकाउनु परेको थियो ।
यो अनुसन्धानले ९० समान जीन भएको बाँदर भन्दा मानवको मतिष्कको कसरी आकार र क्षमताको विकास भयो भन्ने पत्ता लगाउन खोजेको छ । अर्थात कुन जीनले मान्छेलाई बुद्धिमान बनाउछ भनेर वैज्ञानिकहरुले पत्ता लगाउन खोजेको छन् । (बीवीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्