बिराटनगरमा सुजुकीको वागन आर गाडी बजारमा , यस्ता छन् बिशेषता

बिराटनगरमा सुजुकीको वागन आर गाडी बजारमा , यस्ता छन् बिशेषता

बिराटनगर बैशाख ६ ।

सुजुकी फोर हवीनरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्पले बिराटनगरको लागि गाडीको आधिकारिक बिक्रेता कपुरी ब्रोदर्स बरगाछीमा सुजुकीको वागन आर गाडी बिक्रिमा ल्याएको छ  । बैशाख ८ गतेबाट गाडी बिक्रि बिराटनगरमा सुरु हुनेछ ।

नयाँ  ठूलो वागन आरको  बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने छ ।  सुधारिएको  स्पेस , कम्फोट  ,नयाँ  जपानको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के  सिरिज इन्जिनले  इन्धन किफायत गर्नुको  साथै गाडि चलाउँदा छुटै  जीवान्त  अनुभव  प्रदान गर्नेछ ।

५ औं पुस्ताको HEARTECT प्लाटफर्ममा निमाण गराएको नयाँ  वागन आरले  प्रभावकारी सुरक्षा प्रदान गर्दछ । यो प्लाटफर्मले  सुरक्षाको सुनिश्चिता प्रदान गर्दछ ,  यसमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको  प्रयोग भएको हुँदा यो  आफैमा बलियो  सुरिक्षत  (आवाज, थर्कावट र हार्सनेश  कम ) बन्न पुगेको छ ।

उच्च  कार्यप्रदर्शनको लागि यसमा १० एल तथा नयाँ  ठुलो वागन आराममा शक्तिशाली १.२ एल  को इन्जिन रहेको छ । यसले २१.५  किलोमिटर प्रति लिटर तथा २२.५ किलोमिटर प्रति लिटर यात्रा गर्न सकिन्छ ।

सुजुकीले नयाँ ठुलो वागनआर विकास गर्न करिव ६ सय ७० करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्