अरिहन्त ग्रुपको जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा

अरिहन्त ग्रुपको जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा

बिराटनगर बैशाख ६ ,

अरिहन्त ग्रुपले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । महालक्ष्मी वायर्स एन्ड केबल्सको उत्पादकले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । जल पाइप्स एन्ड फिटिङ्स अरिहान्त ग्रुपको बिजनेस युनिट हो । उत्पादनको लन्च अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनसँगै जल पाइप्स एन्ड फिटिङ्सकी ब्रान्ड एम्बासेडर मनिषा कोइराला र जापानका सेकिसुईका प्रतिनिधिले गरेका हुन् ।

जल पाइप्स एन्ड फिटिङ्स अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ  । कम्पनीले उत्पादन उद्देश्यका लागि सेकिसुइ जापानीजसँग सहकार्य गरेको हो । जल गुणस्तर र विश्वासको संकेत रहेको कम्पनीको दाबी छ । सो अवसरमा ब्रान्ड एम्बासेडर कोइरालाले आफू कम्पनीको अंग बन्न पाएकोमा खुशी रहेको बताइन् ।

अरिहन्तका कार्यकारी निर्देशक जैनले ग्राहकहरुले विश्वास गरी जल खरिद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्