दिल्लीबाट नेपाल आएको बसमा बमै बम भेटियो

दिल्लीबाट नेपाल आएको बसमा बमै बम भेटियो

धनगढी ७ वैशाख। भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः ४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसबाट बम, अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद गरिएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए ।
राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यतिन्जेलसम्म ति सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । त्यसैले बसलाई त्यहाँबाट जान दिइयो । तर, शनिबार बिहानपख सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ । सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले पनि दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामाग्रीहरु सशस्त्र प्रहरी बलले बरामद गरेको जानकारी आफूले पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्