ट्याक्टरको ठक्करबाट भूपु सशस्त्र प्रहरी हवल्दार कालिदासको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट भूपु सशस्त्र</span> <span class='c2'>प्रहरी हवल्दार कालिदासको मृत्यु</span>

उदयपुर ७ वैसाख । उदयपुर जिल्लामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो । गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए । ट्याक्टर चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्