गरिखानेको कुरा : टिमुर र खुर्सानी कुटेर १८ वर्षदेखि व्यापार गर्दै एक दृष्टिविहीन

<span class='c1'>गरिखानेको कुरा : टिमुर र खुर्सानी कुटेर</span> <span class='c2'>१८ वर्षदेखि व्यापार गर्दै एक दृष्टिविहीन</span>

चिप्लेढुङ्गा, वैशाख ११ ।

पोखरा–बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् ।अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् ।क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस्तारै औषधिको असरले दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताए ।

एक छोरा, दुई छोरीका बुबा उनले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गरेका छन् । ‘शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ,’ उनले भने ।

बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे ।बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आएका छन् । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत रहेका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैलाई आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गर्छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्