क्लासिक टेक को “बुलेट-जीप्लान” प्याकेज , यस्तो छ योजना

क्लासिक टेक को “बुलेट-जीप्लान” प्याकेज , यस्तो छ योजना

बिराटनगर बैशाख १२ ,

बिगत ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले प्रति महिना रु. ६९२ मा ४० एमबीपीएस गतिको “बुलेट-जीप्लान” याेजना ल्याएकाे छ । क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका थप याेजनाहरू समेत बजारमा ल्याएको छ ।

नेपालमा पहिलो पटक कम मूल्यमा यति धेरै ब्यान्डविथ उपलब्ध गराउनुका यसका साथैं जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु नपर्ने क्लासिक टेकले जनाएकाे छ । क्लासिक टेकले खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।

क्लासिक टेक प्रा. लि. ले हाल विश्वकै उत्कृष्ट GPON प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । क्लासिक टेक संग हाल १०० Gbps को फाईबर ब्याकबोन रहेको र भनेएयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याउनुका साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नैगुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेकाे क्लासिकटेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका ब्यवस्थापक भुपाल सिंह कार्कीले बताए ।

नेपालको ७४ जिल्लामा अाफ्नाे नेटवर्क विस्तार गर्न सफल क्लासिक २० वटा भन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका निरन्तर आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा दिइरहेकाे कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्