नेपालका १० सहरमा ओयोको होटल , बिराटनगरका होटेल पनि सामेल

नेपालका १० सहरमा ओयोको होटल , बिराटनगरका होटेल पनि सामेल

काठमाडौं बैशाख २२, ओयो होटलस् र होमस्ले देशका १० शहरमा होटल विस्तार गरेको छ ।

 

 

कम्पनीले मे २०१७ मा काठमाडौंबाट होटल सञ्चालनको सुरुवात गरेको थियो । अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायतका स्थानमा कम्पनीका १० होटल छन् ।

भारत र दक्षिण एसिया हेर्ने ओयो होटलस् र होमस्को प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भने, ‘हामीले नेपालमा सञ्चालन सुरु गरेपछि हामीले नेपालको अतिथ्य उद्योगबाट र त्यसका अवसरहरुबाट धेरै सिकेकाछौं । हामी हाम्रा ग्राहकहरु र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटा बाट १० वटा शहरमा छिटो विस्तार गर्न मुख्य भुमिका खेलेको छ ।’

कम्पनीले हालै भारत र दक्षिण एसियाको लागि भारु १४०० करोडको लगानी गरेका थपेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्