विराटनगरमा वातावरणमैत्री तथा कम खर्चिलो इन्टरलक बल्क लोकप्रिय बन्दै

विराटनगरमा वातावरणमैत्री तथा कम खर्चिलो इन्टरलक बल्क लोकप्रिय बन्दै

बिराटनगर बैशाख २९ ,

विराटनगरमा घर तथा भवन निर्माणका लागि इन्टरलक बल्क लोकप्रिय हुदै गएको छ । साधारण ईट्टा भन्दा सस्तो तथा वातावरणमैत्री भएको कारण धेरैको रोजाइमा इन्टरलक बल्क पर्ने गरेको छ । विराटनगर-१२ मा पनि उक्त बल्क उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । माता दुर्गा भवानी उद्योगले उक्त बल्क बनाउन थालेको हो । कम लागतमा घर निर्माण गर्न साथै वातावरणीय हिसाबले पनि उचित रहेकोले उक्त बल्कको माग बढेको उद्योग सञ्चालक भोजराज बताउँछन् ।

इट्टाको बिकल्पमा लिन थालिएको उक्त बल्कले काम बलियो हुनुको साथै छिटो पनि हुने बस्नेतको दाबी छ ।

उक्त उद्योगले उत्पादन गरेको बल्क हाल विराटनगरका विभिन्न परियोजनामा पनि प्रयोगमा आएको सञ्चालकले बताए । उद्योगले १० जनालाई रोजगारी समेत दिन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्