बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” हुदै, एक सय बढी प्रिन्सिपलहरुको सहभागिता हुने

बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” हुदै, एक सय बढी  प्रिन्सिपलहरुको सहभागिता हुने

बिराटनगर जेठ ७ , 

बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” यहि शनिबार आयोजना हुदै छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ११ गते बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा सरोकारवाला सबैको उपस्तिथि हुने आयोजकले जनाएको छ। साथै कार्यक्रममा युवा मोटिभेटर शौनक भट्टको पनि सेसन रहने कार्यक्रम संयोजक तथा सक्सेस सोसाइटी इन्टरनेसनलका कार्यकारी अधिकृत बैभव नाहटाले बताए ।

उक्त कार्यक्रममा प्रदेश नम्बर १ मा शिक्षा क्षेत्रमा रहेका बिभिन्न बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम हुने  नाहटाले जानकारी दिए । कार्यक्रममा १ सय बढी प्रिन्सिपलहरुको सहभागिता रहने आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्