बिराटनगरमा पनि अन्य घर भन्दा ५०% कम खर्च र कम समयमा घर निर्माण गर्न सकिने प्रबिधि

बिराटनगरमा पनि अन्य घर भन्दा ५०% कम खर्च र कम समयमा घर निर्माण गर्न सकिने प्रबिधि

बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ ।

यसका फाइदाहरुमा अन्य घर भन्दा ५०% कम खर्चमा घर निर्माण सम्पन्न गर्न सकिन्छ भने निर्माण कार्य पनि कम समयमा सम्पन्न गर्न सकिने छ । साथसाथै यसमा भूकम्पको जोखिम कम गर्न कम ओजन भएको निर्माण सामग्रीको प्रयोग गरिएको हुन्छ । वातावरणमैत्री निर्माण सामग्री तथा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोगबाट बिराट प्यानलले घर तथा अन्य निर्माण गर्दै आएको छ ।

बिराट प्यानलको कार्यालय बिराटनगर-१९ मिलन चोकमा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्