विराटनगरको सिटि सिनेमा संचालनमा आएको २ बर्ष पुरा , केक काटेर मनायो वार्षिकोत्सव

विराटनगरको सिटि सिनेमा संचालनमा आएको २ बर्ष पुरा , केक काटेर मनायो वार्षिकोत्सव

बिराटनगर जेठ २६ , विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा आएको आज २ बर्ष पुगेको छ । आफ्नो दोर्स्रो वार्षिकोत्सवको अवसरमा सिटि सिनेमाले आज एक कार्यक्रमबीच केक काटेर मनाएको छ ।

विराटनगरका ४ युवा उद्यमीहरु राेशन थापा, सुयेस प्याकुरेल, शुशिल रिजाल र अनुज पाेद्दारकाे लगानीमा सिटि सिनेमा संचालनमा आएको  हाे । हाेटल तथा पर्यटन व्यवसायमा अावद्ध राेशन थापा हाेटल रत्ना, हेराइजाेन रिसाेर्ट, सास्थम बेकरी तथा सास्थम कलेजका संचालक समेत हुन् ।

यसैगरि सुयेस प्याकुरेल एमएम प्लास्टिक उद्याेगका संचालक हुन् । चन्द्र शिव राइस मिल्सका संचालक शुसिल रिजाल यस क्षेत्रमा स्थापित उद्याेगी हुन् र अनुज पाेद्दार जयश्री पाेलिमर्स लगायत विभिन्न उद्याेगका संचालक हुन् ।

सिटि सिनेमा अन्तर्गत २ वटा फरक क्षमताकाे हल संचालनमा रहेका छन् । ठुलाे हलमा २ सय ३० सिट क्षमता छ भने सानाे हलमा १ सय १५ सिट क्षमता रहेको छ । हलमा सिनेमा हेर्दा जेबिएल साउण्ड तथा थ्रीडी प्रोजेक्सन सिस्टमकाे मज्जा लिन पाइन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्