फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् ।


फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई थप गर्दै लैजान चाहान्छ ।

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर  मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदी पर्छन् । धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेका छन् । फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्