भारतमा एक युवकको पेटबाट ५० भन्दा बढी सामानहरु निकालियो , यस्तो थियो घटना !

भारतमा एक युवकको पेटबाट ५० भन्दा बढी सामानहरु निकालियो , यस्तो थियो घटना !

 भारतमा एक युवकको पेटबाट डाक्टरहरुले ५० भन्दा बढी सामानहरु निकालेका छन् ।

पेट दुख्यो भन्दै अस्पताल आएका २४ बर्षीया युवाको पेटबाट अप्रेशन गरेर चाबी, नङ काट्न प्रयोग गरिने मेशिन, ढक्की पैसा (सिक्का), माला, औठी लगायतका सामान निकालिएको हो । ति युवा केही दिन अघि भारतको राजस्थानस्थित एक अस्पतालमा जचाउन आएका थिए ।

डाक्टरहरुले जाँच गर्नेक्रममा उनको पेटमा केही सामान छ भनेर अनुमान गरेका थिए। र अप्रेशन गर्नु पर्ने बताएका थिए । डाक्टरकै सल्लाह अनुसार अप्रेशन गर्दा उनकाे पेटमा विभिन्न सामाग्रीहरु भेटिएको हो । अप्रेशनमा संलग्न डाक्टरका अनुसार ति युवाले लागुऔषध प्रयोग गर्ने गरेकोले नसा लागेको बेला आवेगमा आएर विभिनन सामग्री निलेको हुनसक्ने अनुमान गरिको छ ।

उनको करिब साढे एक घण्टा लगाएर अप्रशन गरिएको थियो । अस्पतालमा उनले पेट दुख्ने, वान्ता हुने र खाना खान मन नलाग्ने जस्ता लषण भएको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्