विप्लव समूहका ५ जना नेता पक्राउ

<span class='c1'>विप्लव समूहका ५</span> <span class='c2'>जना नेता पक्राउ</span>

काठमाडौं, ५ असार । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव समूहका ५ जना नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन् ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार कुलदिपलाई भक्तपुरबाट पक्राउ गरिएको हो भने अन्य काठमाडौंबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् ।

समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको थियो । त्यहीँ क्रममा उनीहरु उपत्यका छिरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पक्राउ परेकाहरुले प्रहरीसँग इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृतका अनुसार अधिकांशले उपचारका लागि काठमाडौं आएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्