करेला खानु स्वास्थ्यका लागि निकै राम्रो , यस्ता छन् करेला खानुका फाइदा

करेला खानु स्वास्थ्यका लागि निकै राम्रो , यस्ता छन् करेला खानुका फाइदा

करेला खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अन्य सब्जीको तुलनामा यसमा धेरै औषधीय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ ।

करेला तितो हुने भएकाले धेरैजसोले यो हत्तपत्त खान खोज्दैनन् खाएपनि यसलाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गर्दछन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर खानु राम्रो हो । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो ।

फाइदा –

-करेला चिसो हुने भएकाले गर्मीबाट उत्पन्न हुने रोगका लागि यसले राम्रो काम गर्छ ।

– कलेजोको रोगीलाई करेला सेवन गर्नु लाभदायक हुन्छ ।

-करेलाले पाचाउने शक्ति प्रदान गर्छ र भोक जगाउँछ ।

– दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो मानिन्छ ।

-करेलाले रगत सफा गर्छ, साथै हेमोग्लोबिन बढाउँछ ।

-कफको रोगीले करेला सेवन गर्नु राम्रो हुन्छ ।

-यसले सुगर लेभल नियन्त्रण गर्ने भएकाले मधुमेहका लागि पनि करेला फाइदाजनक हुनसक्छ ।

-करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्