मोरङ सुन्दरहरैँचाका पासाङ याल्मा विमानस्थलबाट अवैध अमेरिकी डलरसहित पक्राउ

<span class='c1'>मोरङ सुन्दरहरैँचाका पासाङ याल्मा विमानस्थलबाट</span> <span class='c2'>अवैध अमेरिकी डलरसहित  पक्राउ</span>

काठमाडौं २४ असार । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचा(९ घर भइ राहदानी नं. ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् ।
उनले बोकेको कालो रंगको सुटकेश र खैरो रंगको हाते झोलालाई चेकजाँच गर्दा अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० बरामद भएको थियो । उनले अवैध रुपमा ती रकम लुकाएर लान लागेको प्रहरी दाबी छ । नेपाल एयरलाइन्सको उडान नं. आरए४०९ बाट हङकङ जान लागेका उनी ब्यागेज चेकिङ एरियाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि राजवश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको विमानस्थलका एसएसपी सन्दिप भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्