छबिराज ओझाले कुट्दा शिल्पाको कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

छबिराज ओझाले कुट्दा शिल्पाको कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो ।
अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् ।

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । ओझाको कुटपिटपछि शान्तिसुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् । यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरे । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ।

यस विषयमा प्रतिक्रिया ओझाले भने आफूले कुनै हिंसा नगरेको दाबी गरेका छन् । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’ उनले शिल्पा कसको निर्देशनमा चलेको हो भन्ने आफूले बुझ्न नसकेको भन्दै कानको जाली फुट्नु त के एक थप्पड समेत नहानेको दाबी गरे । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् ।
रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्