२२ दिनपछि भेटियो कर्णली नदिमा उपाध्यक्षको शव, अन्य १० जना भने अझै बेपत्ता

२२ दिनपछि भेटियो कर्णली नदिमा उपाध्यक्षको शव, अन्य १० जना भने अझै बेपत्ता

काठमान्डौ,२६ असार । कर्णाली नदीमा बलेरो दुर्घटना हुँदा बेपत्ता खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमालको शव २२ दिनपछि भेटिएको छ । उनको शव बुधबार कर्णाली नदी किनारमा भेटिएको हो ।
उपाध्यक्ष शाहीसहित ११ जना यात्रु बोकेको ३ असारमा खार्पुनाथ गाउँपालिका–५ को बेडुबीसुना जिउला र कैल्याबालुबीचमा दुर्घटना भएको थियो । सडकबाट कर्णाली नदीमा खस्दा यात्रु र बलेरो बेपत्ता भएका थिए । बलेरोमा रहेका ११ जनामध्ये गाउँपालिका उपाध्यक्ष हमालको शव सर्केगार्ड गाउँपालिका–३ नागरास्थित कर्णाली नदीको किनारमा भेटिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

कर्णाली नदी किनारमा शव भेटिएको खबर आएपछि उपाध्यक्ष हमालका पति धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावललगायत आफान्तजन बिहानै त्यहाँ गएका थिए । उनीहरूले हमालकै शव भएको पहिचान गरेको प्रजिअ ढकालले बताए । शव भेटिएको सूचना पाएपछि प्रजिअ ढकाल र जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगर पनि खार्पुनाथ पुगेका थिए । बलेरोमा रहेका अन्य १० जना भने अझै बेपत्ता रहेका छन् ।
नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्