कञ्चनपुरमा १४ वर्षीय छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुबा पक्राउ

कञ्चनपुरमा १४ वर्षीय छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुबा पक्राउ

काठमाडौँ २६ असार । पुनर्वास नगरपालिका १ का ३९ वर्षीय नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।
मंगलबार राति उनले घरमै छोरीलाई बलात्कार गरेर भिडियो समेत बनाएका थिए । बाबुले जेठी दिदीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोवाईलमा देखेपछि आमालाई बताएकी थिइन् । ‘मैले पनि भिडियो देखेरै थाहा पाएकी हुँ’, बलात्कृत किशोरीकी आमाले भनिन, ’छरछिमेकमा घटनाबारे हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेछन् ।’ छोरीलाई बलात्कार गरेको आरोपमा बुधबार राति नेपालीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुनर्वासले नेपालीलाई नियन्त्रणमा लिएर मेडिकल चेकजाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगेको छ । बिहीबार दुवैको मेडिकल चेकजाँच पछि कारवाहीको प्रकृया अघि बढाइएको पुनर्वास प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पुनर्वासका निमित्त इन्चार्ज भुपाल सिंह थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्