विश्वकप क्रिकेटमा सट्टेबाजी दुई जना युवक पक्राउ

विश्वकप क्रिकेटमा सट्टेबाजी दुई जना युवक पक्राउ

वीरगञ्ज ३० असार । विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
वीरगञ्ज महानगरपलिका ६, माईस्थानबाट आइतबार अपरान्ह नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्