आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने , यस्तो हुनेछ चन्द्रग्रहण !

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने , यस्तो हुनेछ चन्द्रग्रहण !

काठमाडौं असार ३१ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।

राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने बताइएको छ ।

चन्द्र ग्रहण हेर्न चाहनेले राति १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो र तामा रंगको देख्न सक्ने खगोलविद्हरु बताउँछन् ।

तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकाले यो नदेखिने खगोलविद्हरु बताउँछन् ।

सूर्य र चन्द्रमा बीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ ।

चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाँको मध्यमा आउँछ अनि पूर्ण ग्रहण लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्