क्लासिक टेकले ल्यायो यस्तो इन्टरनेट सेवा , ४७१ रुपैयाँमा ५० एमविपीएस स्पीडको सेवा

क्लासिक टेकले ल्यायो यस्तो इन्टरनेट सेवा , ४७१ रुपैयाँमा ५० एमविपीएस स्पीडको सेवा

विराटनगर साउन ७, 

नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ ।

एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ ।
विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको क्लासिक टेकले जनाएको छ ।

यस कम्पनीसँग हाल एक सय जीवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेको क्लासिक टेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्