वल्र्डलिंकले ल्यायाे ‘हरेक टिभीमा यूट्युब’ याेजना

वल्र्डलिंकले ल्यायाे ‘हरेक टिभीमा यूट्युब’ याेजना

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले अब ‘हरेक टिभीमा यूट्युब’ याेजना ल्याएकाे छ । यस याेजना अन्र्तरगत अब हरेक मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि प्रयोगकर्ताहरुले नन स्मार्ट, सि आर टि टिभी मा पनि युट्युव उपलब्ध गराउने भएकाे हाे ।

वल्र्डलिंकले संचालनमा ल्याएको नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरु संचालन गदै आईरहेको र ग्राहकहरुको सुविधाका लागि नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्ने गरि संचालनमा ल्याईएको जनाएको छ ।

कम्पनिका अनुसार अब यटू्यबु स्किनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्ने प्रविधि संगै नेटटिभीबाट मोबाइलफोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएको छ । कम्पनिले ल्याएको अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि भएको कम्पनिको जनाएको छ । पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा साटेर प्रिमियम सेवाको सुविधा समेत पाउने वल्र्डलिंक बिराटनगर  शाखाका प्रमुख प्रेम प्रसाद घिमिरेले  वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्