ओबी फेसवुक वाच: विराटनगरवासी भन्छन्, ‘फ्रि वाईफाई भन्दा पनि शौचालय चाहियो’

ओबी फेसवुक वाच: विराटनगरवासी भन्छन्, ‘फ्रि वाईफाई भन्दा पनि शौचालय चाहियो’

विराटनगर,  १० साउन।
विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको महानगरपाकिलकाले जनाएको छ ।

विराटनगरका पुष्पलाल चोक ,राजबंशी चोक ,ठूलोमिल चोक ,कञ्चनवारी ,कोशी अस्पताल ,मालपोत कार्यालय,जिल्ला प्रहरी कार्यालय ,भृकुटी चौक ,विराटनगर एरपोर्ट , विराटनगर बसपार्क, जिल्ला प्रशासन कार्यालय ,बरगाच्छी चोक ,हनुमान मन्दीर र ट्राफिक चोक लगायत १४ स्थानमा वाइफाइ जडान गरिएको छ ।

शहरमा फ्रि वाईफाई  सुरु गरेको महानगरपालिकाले सामाजिक संजालमा भने बिरोध खेप्नुपरेको छ । बिराटनगरमा आधारभूत आवस्यकता पुरा नभएको अवस्थामा वाईफाई निशुल्क गरेर जनताले सुबिधा पाउने भन्दा पनि नगरपालिकाको पपुलर हुने काम भएको भनि सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । बिराटनगरमा शौचालय नभएको अवस्था , सडकको बिजोक अवस्था , ढल निकास नभएर पिडित जनता लगायतका यावत समस्यालाई पहिले हल गर्न छाडेर फ्रि वाईफाई भन्दै हिडेको प्रति स्थानीय आक्रोशित बनेका हुन् ।

केहि प्रतिक्रिया :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्